Sunday 22 September 2013

प्युठानमा बालविवाहको भयावह अवस्था

२० वर्ष नपुग्दै विवाह गर्नेको संख्या ७० हजार

एलबी थापा
प्युठान२९ भदौ । प्युठान जिल्लामा बालविवाहको अवस्था भयावह बनेको छ । कानुनअनुसार १८ वर्ष उमेर नपुगेका बालक वा बालिकाबीच हुने विवाहलाई बालविवाह भन्ने गरिएको छ । तरशनिबार जिल्ला तथा मुलुकभर बालदिवस मनाइरहँदा राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले जिल्लामा २० वर्ष उमेर नपुगी विवाह गर्नेको संख्या ७० हजारभन्दा बढी देखाएको छ । तथ्यांकमा १० वर्षमुनिका बालविवाह गर्नेको संख्या ५ सय ७९ छ भने १० देखि १४ वर्ष उमेर समूहका विवाह गर्नेको संख्या नौ हजार ९ सय ८ रहेको छ ।

त्यस्तै २० वर्ष नपुग्ने विवाह गर्नेको संख्या ६० हजार १ सय २२ रहेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष प्युठानका कार्यक्रम अधिकृत प्रेमनारायण श्रेष्ठले १५ वर्षमुनि कुल जनसंख्याको ४२ प्रतिशतको कम उमेरमै विवाह हुने गरेको बताउनुभयो । निमावि तहसँगै गरिबीले कक्षा छोड्ने प्रवृतिले गाउँघरमा बालविवाह गर्नेको सङ्ख्या झनै बढेको उहाँको भनाइ छ । यस्तै सेभ द चिल्ड्रेनले हालै जिल्लामा गरेको एक अध्ययनले ग्रामीण क्षेत्रमा समग्र विवाहको ३३ प्रतिशत बालविवाह हुने गरेको देखाएको छ ।

तथ्यांकले १४ देखि १८ वर्ष उमेर समूहका ७० प्रतिशत बालिका र ३० प्रतिशत बालकको कम उमेरमै विवाह भएको देखाएको छ । सो तथ्यांकमा बालविवाहमध्ये ७३ प्रतिशत प्रेम विवाह हुने गरेको डरलाग्दो आँकडा प्रस्तुत गरिएको छ ।
 सेभले विसं २०६९ वैशाखदेखि चैतसम्म अर्खाबाङ्गेशालभिंग्रीगोठिवाङहंशपुरओखरकोटपूजालगायत आठ गाविसमा सर्वेक्षण गरेको थियो । दलित र जनजातिमा धेरै मात्रामा बालविवाह हुने गरेको यी गाविसमा सबैभन्दा धेरै बालविवाह बाङ्गेशालमा ४७पूजामा ४२ र गोठिवाङमा ४० प्रतिशतको विवाह हुने गरेको छ । 

अध्ययनले तथ्याङ्कमा जिल्लामा बालविवाह हुने कारणहरुमा अरुको देखासिकी
मोबाइल र फेसबुकको दुरुपयोगविवाह गर्दा मीठो खान र राम्रो लगाउन पाउने सोँचनीति तथा कानुनी प्रावधानबारे अभिभावक र बालबालिकामा चेतनाको अभाव र आफैँ विवाह गरे भने धन खर्च नहुने भन्ने अभिभावकको धारणालगायतका प्रमुख कारण देखाएको छ । बालविवाहमै बालश्रम तथा आत्महत्याको दरसमेत अत्यधिक रहेकाले जिल्लाका विभिन्न गाविसमा बालमैत्री स्थानीय शासनको आवश्यकता रहेको महिला तथा बालबालिका कार्यालय बालअधिकार अधिकृत सुशीला सिंखडाले बताउनुभयो ।

No comments:

Post a Comment