Wednesday 13 November 2013

रोल्पामा वाइसिएलले कांग्रेस कार्यकर्ता कुट

रोल्पा, २७ कार्तिक – धबाङ ३
का कांग्रेस कार्यकर्ता कौशल
खत्री एमाओवादी निकट
वाइसिएलको कुटाइबाट घाइते
भएका छन्। एमाओवादीका मतिलाल
डाँगी को नेतृत्वमा करिब ७०
जनाको समूहमा गएको वाइसिएल
कार्यकर्ताले बुधबार कांग्रेस
कार्यकर्ता खत्रीलाई धबाङ–१
सुनबाङमा कुटेका हुन्।
वाइसिएलको कुटाइबाट घाइते
खत्रीको टाउकोमा ढुङ्गा प्रहारबाट धेरै
चोट लागेको छ भने उनको एउटा हात
नचल्ने अवस्थामा पुगेको कांग्रेस
धबाङका सभापति मानबहादुर खत्रीले
बताए।
खत्रीलाई कात्तिक २४
मा धबाङमा कांग्रेसले चुनावी आम
सभामा गाउँबाट धेरै मान्छे
उतारेको निहुँमा कुटिएको सभापति खत्रीले
दाबी गरे। खत्रीले भने,
'घटनामा वाइसिएलले करिब ५०
वटा खुकुरीसमेत देखाएका थिए भन्ने
सुनेको छु। कांग्रेसले धबाङमा आम
सभा गरेदेखि नै स्थानीय
कार्यकर्तालाई कुट्ने बताउँदै
आएका थिए।' घाइते खत्रीलाई
उपचारका लागि प्रहरीको सहयोगमा
सदरमुकाम लिबाङ ल्याइँदै
गरेको कांग्रेस सभापति खत्रीले बताए।
खत्री स्थानीय बाल
विकासका शिक्षकसमेत हुन्। कांग्रेस
कार्यकर्ता खत्रीसँगै रहेका धबाङ–१
गुरुद्धय निमाविका शिक्षक आइतराम
थापा भने सकुशल रहेको काग्रेसले
जनाएको छ। एमाओवादी मगरात्त राज्य
समिति सदस्य पुरण क्षेत्रीले
आफ्ना कार्यकर्ता चुनाव
प्रचारको क्रममा घरदैलो अभियानमा
रहेको बखत तरबार देखाएपछि विवाद
भएको बताए। क्षेत्रीले भने,
'हाम्रा साथीहरु घर
दैलो अभियानमा हुनुहुन्थ्यो। तरबार
देखाएपछि साथीहरुले खोस्न
खोज्दा विवाद भएको हो।'
धबाङमा कांग्रेसको पक्षमा जनमत
बलियो देखिएपछि आफ्ना कार्यकर्ता
कुटेर तह लगाउन
खोजिएको सभापति घर्तीमगरले आरोप
लगाए। घटनालगत्तै सदरमुकामबाट
गएको प्रहरी टोलीले
एमाओवादी कार्यकर्ता ज्वालासहित
केहीलाई साथमै लिएर लिबाङ फर्किदै
गरेको प्रहरी नायब उपरीक्षक
ओमबहादुर रानामगरले जानकारी दिए।
प्रनाउ रानामगरले भने, 'हाम्रो टेलिफोन
सेटले काम गरेन। घटनाको विस्तृत
विवरण आउन अझै केही समय लाग्छ।'
घटना स्थलमा भेटिएको एक थान तरबार
प्रहरीले
नियन्त्रणमा लिएको जनाएको छ।
हीराबहादुर घर्तीमगर/नागरिक

No comments:

Post a Comment