Sunday 20 October 2013

राष्ट्रिय महिला फुटवलमा आज तीन खेल

नवलपरासी, कात्तिक ४ – १५
औं राष्ट्रिय महिला फुटवल
प्रतियोगितामा सोमबार ३
खेल हुँदैछन् ।
नवलपरासीमा दिउँसो हुने
खेलमा उदयपुर र सुर्खेत
भिड्नेछन् भने
मकवानपुरको हेटौंडामा हुने
खेलमा दोलखा र मकवानपुर
तथा सप्तरी र
काठमाडौ भिड्नेछन् ।
प्रतियोगितामा नवलपरासीले
विजयी शुरुवात गरेको छ ।
नवलपरासीमा आइतबार
भएको उद्घाटन
खेलमा नवलपरासीले
सर्लाहीलाई ४–० ले पराजित
गरेको थियो ।
प्रतियोगितामा तीन बिभागीय
टिम सहित विभिन्न २५
जिल्लाका २८ टिमले
सहभागिता जनाएका छन् ।
प्रतियोगिताको फाइनल खेल
१५ गते हेटौंडामा हुनेछ ।
प्रतियोगिताको विजेताले ३
लाख रुपैयाँ, उपविजेताले १
लाख ५० हजार रुपैयाँ र
सेमिफाइनल खेल्ने टिमले ५०
हजार रुपैयाँ नगद पुरस्कार
पाउनेछन् ।

No comments:

Post a Comment